नेप्से २५.५५ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको कारोबार
२९ भाद्र, २०८३, सोमवार
- आज ३३६ कम्पनिका एक करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३६ कम्पनिका एक करोड १५ लाख ९५ हजार ६५४ कित्ता शेयर ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी इन्फिनिटी लघुवित्तको शेयर ६.४३ प्रतिशतले बढेको छ भने त्रिशुली जलविद्युतको शेयर ६.३८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी उपकार लघुवित्तको शेयर ८.२३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकोको २४ करोड ९० लाख बराबरको कारोबार भएको छ भने लिबर्टी इनर्जी २३ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।